‘द भ्वाइस अफ नेपाल’को 'सिजन–२' को उपाधि राम लिम्बुलाई

2019-12-08

काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्‍बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्।

अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन्। गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।

प्रमोद खरेलको टीममा रहेका लिम्बू उपाधि हात पारे। उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए। उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा लिम्बु विजेता बनेका हुन्। रामलाई कोच प्रमोदले कोच दिपको टिमबाट 'स्टिल' गरेर ल्याएका थिए ।

‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै आएको थियो । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए । सिजन १ मा सिडी विजयलाई कोच दीपले कोच प्रमोदको टिमबाट 'स्टिल' गरेर ल्याएका थिए ।

संयोग, पहिलो सिजन जित्ने सिडी बिजय अधिकारी टिम दीपले टिम प्रमोदबाट स्टिल गरेर ल्याएका थिए भने दोश्रो सिजन जित्ने राम लिम्बुलाई कोच प्रमोदले कोच दिपको टिमबाट स्टिल गरेर ल्याएका हुन् ।




थप समाचार


जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीतको शब्द प्रकाश ...

पोखरामा गुरुङ चलचित्र 'फिच्यो' को 'उत्साहजनक ओपनिङ्ग', दर्शकले हल खचाखच !

पोखरामा गुरुङ चलचित्र 'फिच्यो' को 'उत्साहजनक ओपनिङ्ग', दर्शकले हल खचाखच !

पोखरा - बिकास गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र 'फिच्यो' अर्थात 'कान्छी छोरी'को पोखरामा 'ग्र्याण्ड ओपनिङ्ग' भएको छ । पोखराको बाराही चलचित्र मन्दिरमा गरिएको 'ओपनिङ्ग सो' मा ...

गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

गुरुङ चलचित्र ''फिच्यो''को ट्रेलर सार्वजनिक, पहिलो 'सो' चैत्र १ गते पोखरामा !

काठमाडौँ - बिकास घले गुरुङद्वारा निर्देशित गुरुङ चलचित्र ''फिच्यो'' अर्थात ''कान्छी छोरी'' को ट्रेलर सार्वजनिक भएको छ । रेड ओसियन ईन्टरटेन्मेन्टले निर्माण गरेको गुरुङ समुदाय ...





ट्रेन्डिङ