महिला फुटबल : स्वर्ण जित्नका लागि सोमवार भारतसँग प्रतिष्पर्धा

2019-12-08

पोखरा - नेपाल साग महिला फुटबलमा भारतसँग पराजित भएर पनि फाइनलमा पुगेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो। अब नेपालले स्वर्ण पदकका लागि सोमबार भारतसँग नै खेल्नुपर्ने छ।

लिग विजेता र उप–विजेता बन्दै नेपाल र भारतले फाइनलमा स्थान बनाएका हुन्।

पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग १–० ले स्तब्ध भयो। भारतका लागि एनजी बाला देवीले निर्णायक गोल गरेकी हुन्। उनले डाङ्गमे ग्रान्सले प्रहार गरेको कर्नर किकमा हेडर गोल गरिन्।

नेपाली महिला टिमले यसअघि पहिलो खेलमा श्रीलंकालाई १–० र दोस्रो खेलमा माल्दिभ्समा ३–० ले हराएको थियो ।

के भन्छन् प्रशिक्षक?

विजयी भएपछि भारतीय टिमका प्रशिक्षक मेमल रकीले टिम गेम नै जितको प्रमुख कारण भएको बताइन्। उनले यस पटकको सागमा स्वर्ण जित्ने दाबी पनि गरिन्।

पराजित नेपाली टिमका प्रशिक्षक हरि खड्काले भारतको एकमात्र मुभ पनि गोलमा परिणत हुँदा हार्नुपरेको बताए। फाइनल जितेर स्वर्ण घरमै राख्ने प्रशिक्षक खड्काले बताएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ