नेकपा सचिवालय बैठकको निष्कर्ष : 'उपनिर्वाचनमा कहीँ अन्तर्घात भएको छैन'

2019-12-04

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ। यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ।

‘बैठकमा उपनिर्वाचनका विषयमा जानकारी गराइएको थियो। हामीलाई भएको सामान्य जानकारी अनुसार कहीँ अन्तर्घात भएको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। तर, सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुको समिक्षा कुर्ने भएको छ।

दाङको एक वडामा विद्रोही उम्मेदवार उठेर जितेकोमा त्यही बेला कारबाही भइसकेको उनले जानकारी गराए। पार्टी सदस्यबाट निष्काशित गरिसकेकाले सचिवालयले त्यस विषयमा थप निर्णय गर्नु नपरको उनले बताए।

सचिवालयको बैठक आगामी २३ गते बिहान ९ बजे तय गरिएको छ। आफ्नो ठाउँको उपनिर्वाचनको समिक्षा त्यसअघि नै पठाइसक्न निर्देशन दिने निर्णय सचिवालयले गरेको छ। प्रवक्ता श्रेष्ठले भने, ‘उपनिर्वाचनका विषयमा औपचारिक निर्णय त्यही बैठकमा हुनेछ।’

आगामी बैठकमा पार्टीको कार्ययोजनाका साथै स्थायी र केन्द्रीय कमिटीको बैठकको समेत टुंगो लगाइने भएको छ।

बैठकले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा आइरहेको सुधारप्रति प्रशन्नता व्यक्ति गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।




थप समाचार


सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । शनिवार सांसदहरुको सनाखत गरिने भएको छ ।  आजै कांग्रेसका केदार ...

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

काठमाडौं : चर्चित व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात समुहले कालोमोसो दलेको जनाईएको छ । ...

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

काठमाडौं ।प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार ...




ट्रेन्डिङ