साग : २३ स्वर्ण सहित नेपाल शीर्ष स्थानमा, भारत पछिपछि

2019-12-04

काठमाडौँ - १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिनका खेलहरु सकिदाँ नेपाल अंकतालिकामा अग्रता यथावत् राख्न सफल भएको छ। नेपालले अहिलेसम्म २३ स्वर्ण जितेको छ। साथै ९ रजत र १२ कास्य सहित ४४ मेडलका साथ नेपाल अंकतालिकाको अग्र स्थानमा छ।

नेपाललाई पछ्याएको भारतले १५ स्वर्ण, १६ रजत र ९ कास्य सहित ४० मेडल हात पारेको छ। भारत दोश्रो स्थानमा छ।

तेश्रो स्थानमा रहेको श्रीलङ्काले ५ स्वर्ण, १४ रजत र २७ कास्य जितेको छ। सबैभन्दा धेरै ४६ मेडल श्रीलङ्काले जितेको छ।
पाकिस्तान र बंगलादेशले समान ४ - ४ स्वर्ण जितेका छन्। पाकिस्तानले ११ रजत र १२ कास्य सहित २७ मेडल जितेको छ। जबकी बंगलादेशले ४ रजत र २० कास्य सहित २८ मेडल हात पारेको छ। माल्दिभस्ले आजको खेल सकिदाँसम्म १ मात्र मेडल स्वर्ण जितेको छ।


खेल तालिकाको पुछारमा रहेको भुटानले भने ३ कास्य मात्र जितेको छ। उसले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

१३ औं दक्षिण एसियाली खेलको दोश्रो दिनको खेलको अंकतालिका ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ