सागमा आज १६ खेल हुँदै, फुटबलमा नेपाल-श्रीलंका भिड्दै

2019-12-04

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को चौंथो दिन बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ। काठमाडौं र पोखरामा कूल १६ खेलको प्रतिस्पर्धा हुन लागेकाे हाे।

प्रतियोगिताअन्तर्गत आज करातेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ। त्यस्तै, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा पनि आजै हुनेछन्। करातेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ।

एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ। भारत १५ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ।

फुटबल- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ। फुटबलमा बुधबार एक मात्र खेल हुनेछ।

क्रिकेट- क्रिकेटमा महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ। पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ। महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ। यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू-२३ ले भुटानको सामना गर्नेछ।

कराते- करातेमा नेपालले ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ। सातदोबाटोस्थित कराते हलमा हुने करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

उसु- उसुमा नेपालले पुरुषतर्फ दुई खेलमा प्रतिस्पर्धा गर्ने छ। पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन्। अन्य स्पर्धाको खेलहरु समेत हुनेछ।

खो खो- खो खोको महिलातर्फको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ। पुरुषतर्फ बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछ। नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ।

गल्फ- गोकर्ण फरेस्ट गल्फ क्लबमा हुने गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन्। महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ।

ट्रायथलन- पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत १ स्वर्णको लागि खेल हुनेछ। मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

ह्यान्डबल- पोखरामा ह्यान्डबलमा आज पहिलो दिन चार खेल हुनेछन्। महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ भने पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच खेल हुनेछ।

ब्याडमिन्टन- पोखरामा हुने ब्याडमिन्टनतर्फ एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछ।

सातदोबाटोस्थित सुटिङ हलमा विभिन्न स्पर्धामा खेलहरु हुनेछ भने तेक्वान्दो ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा गेरुगीतर्फ प्रतिस्पर्धा हुनेछ। यस्तै एथ्लेटिक्सतर्फकाे प्रतिस्पर्धा काठमाडौंको दशरथ रंगशालामा हुनेछ भने लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षणमा केन्द्रमा टेबलटेनिसका विभिन्न स्पर्धामा खेल हुनेछ।

सातदोबाटोस्थित टेनिस कोर्टमा टेनिसका विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछन् भने साइक्लिङकाे प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा र कब्बडी एपीएफ मैदानमा हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ