पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढ्यो

2019-12-03

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो। ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ।

तर हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।




थप समाचार


नेपाल आयल निगमको नाफा साढे सात अर्ब

नेपाल आयल निगमको नाफा साढे सात अर्ब

काठमाडौं - नेपाल आयल निगमले पछिल्ला पाँच वर्ष निरन्तर नाफा गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा निगमलाई सात अर्ब ५० करोड रुपैयाँ नाफा भएको छ। ...

नेपालको मुख्य निर्यात वस्तु 'पाम तेल' आयातमा भारतको प्रतिबन्ध

नेपालको मुख्य निर्यात वस्तु 'पाम तेल' आयातमा भारतको प्रतिबन्ध

काठमाडौं - भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ। पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको ...

२३ वर्षमा नेपालले गर्यो ३४ खर्बको सुन आयात

२३ वर्षमा नेपालले गर्यो ३४ खर्बको सुन आयात

काठमाडौं - नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बराबर हो। ...





ट्रेन्डिङ