बलात्कारको आरोपमा धर्मगुरु 'सिद्धबाबा' प्रहरी नियन्त्रणमा, यस्ता छन् महिलाले लेखेका गोप्य 'हट' म्यासेज !

2019-11-30

इटहरी - बलात्कारको आरोपमा धर्मगुरु 'सिद्धबाबा' भनिने कृष्णदास गिरिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरिएका उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो। सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार गिरिलाई केही समयपछि सार्वजनिक गर्ने तयारी गरिएको छ।

गिरिमाथि कार्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको हो। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन्। शुत्रबार बिहानैदेखि आश्रम छोडेर उपचार गर्न भन्दै विराटनगर हिँडेका उनी प्रहरी हिरासतमा पुगेका हुन्।

महिलाको एकवर्ष यता लगातार म्यासेज
धर्मगुरु धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरिमाथि बलात्कारको आरोप लगाउने महिलाले एक वर्षयता सामाजिक सञ्जाल फेसबुकबाट म्यासेजहरु पठाउँदै आएको समेत खुलेको छ ।

बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका हुन् । जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको छ । यस्ता म्यासेजहरुमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’इच्छा व्यक्त गरेकी थिइन् ।

उनले पठाएका अधिकांश सन्देशको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ भन्ने, आफ्नो विषयमा आएका समाचारको लिंक पठाउने र केही इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ ।

यस्तै कृष्णदासले महिलालाई फेसबुक कल गरेको पनि देखिन्छ ।

कृष्णदासको प्रेममा पागल भएको बताएकी महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी छन् । ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता’ उनले लेखेकी छन् ‘अब समय सकियो, जम्मा ४४ दिन छ, कसरी पूर्ण बनाउने हजुरको हातमा छ ।’

उनी त्यतीमा रोकिएकी छैनन् । ‘बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन **** मलाई, म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ।’

उनले मंसिर १ गतेदेखि आफू पराई हुने बताएकी छन् । त्यसको केही समयपछि उनले बलात्कारको आरोप लगाएकी हुन् ।

कास्की घर भएकी महिला काठमाडौंमा बस्छिन् । उनका श्रीमान मजदुरी गर्छन् । साना छोरा र छोरीलाई छाडेर आफू भक्त भएपनि दिक्षा दिन नमानेको गुनासो कृष्णदासलाई पठाएको म्यासेजमा गरेकी छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ