उपनिर्वाचन : रिक्त ५२ पदका लागि मतदान जारी

2019-11-30

काठमाडाैं - प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ५२ पदका लागि अहिले मतदान भइरहेकाे छ। ३७ जिल्लाका विभिन्न स्थानमा उपनिर्वाचनकाे मतदान भइरहेकाे हाे।

निर्वाचन आयाेगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएकाे हाे। मतदाताले अपराह्न ५ बजेसम्म सम्बन्धित मतदानस्थल पुगेर मतदान गर्न सक्ने आयाेगले जनाएकाे छ। आयाेगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ।

अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था मिलाइएकाे छ। आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन्।

आयाेगका अनुसार प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नं. २, प्रदेश सभाको भक्तपुर १ (१), बागलुङ २ (२), दाङ ३ (२) मा उपनिर्वाचन हुँदैछ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ। संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान हुँदैछ। त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि आज मतदान भइरहेकाे हाे।

कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनको पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा शनिवार विहान छोरा अर्जुन भण्डारीको सहायताले मतदान गर्दै ज्येष्ठ नागरिक ९७ बर्षीय टंककुमारी भण्डारी।

धुलिखेल नगरपालिका २ सेतीदेवी मावि रविओपीमा वडा अध्यक्ष पदका लागि शनिवार भएको उपनिर्वाचनमा मतदानस्थलमा खटिएका कर्मचारीको सहयोगमा मतदान गर्दै ज्येष्ठ नागरिक।

दाङ क्षेत्र नं ३ प्रदेश (ख) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट मतदान गर्न लाइनमा बसेका मतदाता।

कास्की क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा गोप्य मतदान गर्र्दै मतदाता।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ