बैंकहरूले अब २१ हजार २ सय जनालाई सहुलियत कर्जा दिनैपर्ने

2019-11-29

काठमाडौँ - बैंकहरूले अब सहुलियत कर्जा पनि अनिवार्य रूपमा जारी गर्नैपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्नुपर्ने यस्तो कर्जाको संख्या नै किटान गरेको छ । नयाँ निर्देशनअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ५ सयवटा यस्ता कर्जा जारी गरेको हुनुपर्नेछ ।

त्यस्तै, विकास बैंकहरूले कम्तीमा २ सयवटा र वित्त कम्पनीहरूले कम्तीमा १ सय यस्तो कर्जा जारी गरेको हुनुपर्छ । यसरी जारी गरेको कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक हुनुपर्नेसमेत निर्देशन छ । हाल कृषिबाहेकका अन्य सहुलियत कर्जामा १ हजार ८ सय ५४ वटा कर्जा गएको छ । नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी एक वर्षमा थप १९ हजार ३ सय ४६ वटा कर्जा बढाउनुपर्ने हुन्छ ।

हाल वाणिज्य बैंकको संख्या २८ वटा रहेको छ । सबैले ५ सयवटाको दरमा यस्तो कर्जा विस्तार गर्दा कुल १४ हजारजनाले यस्तो सहुलियत कर्जा पाउन सक्नेछन् । त्यस्तै, विकास बैंकको संख्या २५ र वित्त कम्पनीको संख्या २२ छ । निर्देशित व्यवस्थाअनुसार कर्जा जारी गर्न विकास बैंकहरूबाट ५ हजारजनाले र वित्त कम्पनीहरूबाट २ हजार २ सयजनाले सहुलियत
कर्जा पाउनेछन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ