ओलम्पियाकोसलाई हराउंदै टोटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा

2019-11-27

काठमाडौं - इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा टोटेनहमले ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। टोटेनहमको जितमा ह्यारी केनले २ गोल गरे।

त्यस्तै, डेली अली र सर्ज अउरिएरले समान १–१ गोल गरे। यता, ओलम्पियाकोसका लागि अल अरबी र बोर्गेस सेमेदोले गोल गरे।

अरबीले खेलको छैटौं मिनेटमा नै गोल गर्दै ओलपिम्याकोसलाई अग्रता दिलाएका थिए। खेलेको १९औं मिनेटमा सेमेदोले गोल गरेपछि ओलम्पियाकोस २–० गोलको अग्रतामा पुग्यो।

तर अलीले अतिरिक्त समयमा गोल गरेपछि पहिलो हाफसम्म टोटेनहमका २–१ गोलले पछि रह्यो। केनले खेलको ५०औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए।

अउरिएरले ७३ औं मिनेटमा गोल गर्दै ३–२ गोलको अग्रता दिलाएको टोटेनहमलाई केनले ७७औं मिनेटमा गोल गरेपछि ४–२ गोलको जित दिलाए।

यो जितसँगै टोटेनहम प्रि-क्वाटरफाइनलमा पुगेको हो। समूह ‘बी’बाट शीर्ष स्थानमा रहेको बायर्न म्युनिख यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ