रेड स्टारको पोष्टमा बायर्नको ६ गोल, लेवान्डोस्की एक्लैको ४ गोल

2019-11-27

काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सर्वियाको रेड स्टार बेलग्रेडलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह ‘बी’को खेलमा बायर्नले रेल स्टार बेलग्रेडलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

बायर्नको यो फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित ४ गोल गरे। त्यस्तै, लियोन गोरेटज्का र कोरेन्टिन टोलिसोको नाममा समान १–१ गोल रह्यो।

खेलको १४औं मिनेटमा लियोनको गोलबाट बायर्नले अग्रता लिएको थियो। खेलको ५३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई २–० गोलको अग्रता दिलाए। त्यसपछि उनले ६० र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। ६७औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल गर्दै बायर्नलाई ५–० गोलको अग्रता दिलाए।

खेलको ८९औं मिनेटमा टोलिसोले गोल गरेपछि बायर्न ६–० गोलले विजयी भएको हो। बायर्नले ५ खेलबाट शतप्रतिशत जित हात पार्दै च्याम्पियन्स लिगको नकआउट चरणमा यसअघि नै प्रवेश गरिसकेको छ।

मंगलबार राति नै भएको समूह ‘सी’को खेलमा म्यानचेस्टर सिटी र शख्तर डोनेटस्कले १–१ गोलको बराबरी खेलेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ