2019-11-27 |
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ।
मंगलबार राति समूह ‘डी’को खेलमा पाउल डिबेलाको एकमात्र निर्णायक गोलमा युभेन्टसले एथ्लेटिको मड्रिडलाई १–० गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै डिबेलाले युभेन्टसलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा यो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।
च्याम्पियन्स लिगको अन्तिम १६ मा यसअघि नै पुगिसकेको युभेन्टसले ५ खेलबाट १३ अंक बनाएको छ। समान खेल खेलेको एथ्लेटिको मड्रिडको भने ७ अंक रहेको छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...