सरकारमा जादैनौं, समाजवादीसंग पार्टी एकता गर्छौं : महतो

2019-11-26

काठमाडौँ - राजपा नेपालले समाजवादी पार्टीसँगको एकता आफ्नो प्राथमिकतामा रहेको बताएको छ । राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले समाजवादीका नेताले राजपा सरकारमा जान सक्ने भनेर दिएको अभिव्यक्ति निराधार भएको टिप्पणी गरे ।

‘हामी सरकारमा जान्छौँ भन्ने हल्ला निराधार हो,’ महतोले भने, ‘हामी त अहिले पनि समाजवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छौँ ।’ समाजवादी पार्टी सरकारबाट बाहिरिए पार्टी एकता गरेर संविधान संशोधन, रेशम चौधरीको रिहाइ र जनजीविकाको पक्षमा आन्दोलन गर्ने महतोले बताए ।

राजपाले एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिर आउनुपर्ने सर्त राख्दै आएको छ । उसले सरकारविरुद्ध आन्दोलन गर्न समाजवादीको साथ चाहिएको बताउँदै आएको छ । सरकारमा रहेर निरन्तर दबाब दिँदा पनि प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत आधा दर्जन विषयमा चासो नदेखाएपछि असहमति जनाउँदै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ