कङ्गोमा घना वस्तीमाथि विमान खस्यो: कम्तीमा २४ जनाको मृत्यु

2019-11-25

एजेन्सी - कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो।

हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन्। अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए। २४ शव घटनास्थलबाट निकालिएको गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले बताए। गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि आइतबार विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन्।

घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन।




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ