मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको आपत्ति, सरकार भने नछोड्ने संकेत

2019-11-24

काठमाडौं - प्रधानमन्त्रीद्वारा हालै गरिएको मन्त्रिपरिषद् पुनर्गठनप्रति सत्ता साझेदार दल समाजवादी पार्टीले असहमति व्यक्त गरेक‍ो छ।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकले सत्ता साझेदार दलसँग कुनै परामर्श नगरी गरिएको मन्त्रिपरिषद् पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले त्यसप्रति गम्भीर असहमति प्रकट गरिएको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

समाजवादीले पार्टीको असहमतिका विषय र सरकारमा सामेल हुनुअघि भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेकाे छ। 'वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ हुनुहुन्छ', पाण्डेले भने।

सल्लाहविनै समाजवादीबाट मन्त्री भएकाहरूलाई मन्त्रालय हेरफेर र पदमुक्त गरिएपछि उसले सरकार छाड्नसक्ने अनुमान गरिएको थियो। तर, पार्टीले फरक विकल्प तय गरेको हो।

समाजवादीभित्र सरकारमा रहने वा नरहने भन्नेमा पार्टी गठन भएयता नै विवाद छ। पूर्व नयाँ शक्तिका नेताहरू तत्काल सरकारबाट बाहिरिनुपर्ने बताउँछन् भने पूर्व फोरमका नेताहरू सरकारमै रहनुपर्ने बताउँछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ