2019-11-23 |
काठमाडाैं - सभामुख नभएको अवस्थामा बाधा अड्काउ फुकाउमार्फत् काम गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाे छ।
अधिवक्ता उत्तमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई शुक्रबार रिट दायर गरेका हन्। दायर रिट निवेदनमा संसद्को नयाँ अधिवेशनको सुरुवात नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरूको अन्तरराष्ट्रिय भ्रमणसमेत रोकिएको उल्लेख छ।
रिट निवेदनमा दुवै सदनबाट पास भएका पाँच विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हुँदा काममा ढिलाइ भएको उल्लेख छ।
जनताको काम छिटो र सहज तरिकाले गर्नका लागि बाधा अड्काउन फुकाउका माध्यमबाट राष्ट्रपतिले विधेयक पास गर्न आदेशको माग गरिएको छ। रासस
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...