भ्रमण वर्ष सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई नेपाल आउन निम्तो

2019-11-23

काठमाडाैं - सरकारले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न तीव्र रुपमा काम गरिरहेकाे जनाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको जानकारी दिए।

विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवर्द्धनका विषयमा विचार आदानप्रदान गरिने उनले बताए। भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाई समेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताए।

“काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ”, काठमाडाैंमा शुक्रबार आयाेजित कार्यक्रममा उनले भने।

मन्त्री भट्टराईले सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य सुरुवात गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने बताए। यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले जानकारी दिए।

सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गर्ने उनकाे भनाइ छ।




थप समाचार


शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

काठमाडौँ - शहरमा ब्यवसाय गर्दै आएका युवाले गाउँमा समेत नयाँ ब्यबसायको थालनी गरेका छन्। देशमा गाउँबाट सकेसम्म विदेश जाने नसके शहर भएपनि भासिने होडबाजी जस्तै ...

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

काठमाडौँ - नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत ...

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

काठमाडौं - छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा ...




ट्रेन्डिङ