हङकङमा भइरहेको प्रदर्शनमा अमेरिकाको समर्थन

2019-11-21

वासिङटन - हङकङमा भइरहेको प्रदर्शनप्रति समर्थन गर्दै अमेरिकी संसद्ले सर्वसम्मत रूपमा एउटा विधेयक पारित गरेको छ।

हङकङ मानवाधिकार एवं लोकतन्त्र विधेयक २०१९ नाम दिइएको उक्त कानून मंगलवार पारित भएको हो। उक्त विधेयकअनुसार अमेरिकी विदेशमन्त्रीले वार्षिक एकपटक हङकङ स्वायत्त भएको प्रमाणित गर्नुपर्नेछ र यसै आधारमा हङकङसँगको अमेरिकी व्यापारलाई महत्व दिइनेछ।’

अमेरिकाले चीनको मुख्य भूमिभन्दा स्वायत्त हङकङसँग फरक व्यवहार गर्दै आएको छ। सांसद जिम रिस्चले भने, ‘अमेरिकी संसद्ले हङकङका जनताको समर्थनमा आज महत्वपूर्ण कदा उठाएको छ। यो विधेयक पारित हुनु हङकङको स्वायत्तता घटाउने वा स्वतन्त्रताको मौलिक अधिकार हननन गर्न चिनियाँ कम्युनिस्ट पार्टीलाई जिम्मेदार ठहर्‍याउने मार्गमा यो महत्वपूर्ण कदम हो।’

चीनले भने हङकङमा भइरहेको प्रदर्शनबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ। हङकङ विवाद चीनका आन्तरिक मामिला भएका हुनाले यसमा हस्तक्षेप नगर्न आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीनको प्रभुसत्ताको सम्मान गर्नुपर्ने बताएका छन्। कानूनअनुसार हिंसक अपराधीलाई सजाय दिन प्रहरीले गरेको कारबाहीप्रति चीनको दृढ समर्थन रहेको स्पष्ट पारेका छन्। –एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ