हट्दैछन् यी ५ जना मन्त्री, नयाँ मन्त्री बन्नेको सुची प्रधानमन्त्रीको हातमा !

2019-11-20

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ५ जना मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ५ मन्त्रीको हेरफेर गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

सचिवालय बैठक बस्नुअघि मन्त्रीका लागि सम्भावित नामबारे नेताहरुबीच छलफल भएको छ।

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापालाई बिदा दिने लगभग स्पष्ट भइसकेको छ।

यीबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरप्रति पनि प्रधानमन्त्री असन्तुष्ट भएको विश्लेषण गरिएको थियो।

नयाँ मन्त्रीहरुको टुंगो लाग्न बाँकी नै छ । नेकपाका एक स्थायी कमिटीका सदस्यका अनुसार नयाँ मन्त्री बनाउनै पर्नेहरुको एउटा सूची बनेको छ। त्यही सूची भित्रबाट केहीले मन्त्री बन्ने अवसर पाउनेछन्। प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘हट्ने र नयाँ बन्ने मन्त्रीहरु आजै टुंगो लाग्छ । तर मन्त्रीहरुको सपथ भने भोलि मात्र होला ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ