मन्त्रिपरिषद्मा कसलाई हटाउने र कसलाई ल्याउनेबारे दुई अध्यक्ष बिचको छलफल आज

2019-11-18

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई सैद्धान्तिक सहमति दिएपछि उनले पुनर्गठनको गृहकार्य थालेका हुन्।

उनले सोमबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै छन्। दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुरा हुने र त्यसपछि मन्त्री हेरफेरबारे निश्चित हुने बताइएकाे छ।

दुई अध्यक्षबीच हटाउने र नयाँ ल्याउने व्यक्तिका विषयमा छलफल हुने छ। सचिवालय बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गरेका थिए।

सचिवालयको बैठक सकिएपछि पनि आइतबार साँझ नै प्रधानमन्त्री ओलीले आफू निकटहरूसँग छलफल गरेका छन्। तर, नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा सचिवालय बैठकमा कुनै छलफल नभएको बताए।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रियाका दिँदै श्रेष्ठले यस्तो बताएका हुन्।

'कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई दिने विषयमा कुनै छलफल भएन। यो विषयमा बैठक प्रवेश नै गरेन,' संचारकर्मीले राखेको जिज्ञासमा प्रवक्ता श्रेष्ठले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ