पहिलो त्रैमासिकमा ३ वटा बैंकले मात्रै अर्व माथि कमाए, राजस्व संकलनमा सरकारलाई धक्का

2019-11-18

काठमाडौं - पहिलो त्रैमासिकमा १ अर्ब माथि कमाउनेमा ३ वटा बैंकहरु दरिएका छन् । वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख ३७ हजार कमाएको छ।

नाफा धेरै कमाउने वाणिज्य बैंकको दोश्रो नम्बरमा रहेको नबिल बैंक लिमिटेडले १ अर्ब १२ करोड ३५ लाख ८६ करोड नाफा कमाएको छ भने तेश्रो नम्बरमा रहेको एनआइसी एसिया बैंकले १ अर्ब ९६ लाख रुपैयाँ नाफा कमाएको छ।

सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडको छ। यो बैंकले पहिलो तीन महिनामा १५ करोड ८९ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ। सिभिलको यो वर्षको नाफा अघिल्लो वर्षको सोही अवधिमा भन्दा २ करोड ६१ भन्दा कम छ।

वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अपेक्षाकृत नाफा नबढ्दा त्यसको असर मुलुकको सञ्चित कोषमै पर्ने भएको छ। मुलुकको राजस्व संरचनामा महत्वपूर्ण योगदान गर्ने बैंक तथा वित्तीय क्षेत्रको विस्तार सुस्त हुँदा त्यसको असर सरकारले नै भोग्ने देखिएको हो।

२८ वटै वाणिज्य बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरुको नाफा औषतमा ६.२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब २२ करोड रुपैयाँ नाफा गरेका बैंकहरुले यो वर्ष १६ अर्ब १७ करोड नाफा भएको वासलात सार्वजनिक गरेका छन्।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ८० अर्ब ३५ करोड रुपैयाँ आयकर संकलनको लक्ष्य राखेको छ। बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत आयकर तिर्नुपर्छ। सरकारले चालु वर्षमा राखेको आयकर संकलनको लक्ष्य गत वर्षको असुलीभन्दा ४४.३० प्रतिशतले धेरै हो। यसको अर्थ बैंकहरुको आम्दानी पनि त्यही अनुपातमा बढे मात्रै सरकारले अपेक्षा गरेअनुसार राजस्व पाउँछ।

'आर्थिक वर्षको पहिलो ३ महिनाको बैंकहरुको वित्तीय विवरण हेर्दा त्यसको असर आयकरमा पर्ने देखिन्छ,' ठूला करदाता कार्यालयका एक उपसचिवले भने, 'पुसको वित्तीय विवरण पनि यही अवस्थाको रह्यो भने हाम्रो कर संकलनमा ठूलो प्रभाव पर्ने निश्चित छ।' करमा दर्ता भएका कम्पनीहरुले पुसमा आयकरको पहिलो किस्ता सरकारलाई बुझाउनुपर्छ।

सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र भन्सार लक्ष्यको तुलनामा कम संकलन भइरहेको अवस्थामा आयकरमा सबैभन्दा महत्वपूर्ण योगदान दिने क्षेत्रको आम्दानी नै घटेपछि सरकारमाथि थप दबाब बढ्ने भएको हो।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ