आलमबाट पिडित भन्छन : 'बल्ल न्याय पाएँ, अब बनारस गएर छोराको किरिया गर्छु'

2019-11-16

रौतहट - राैतहट जिल्लाको राजपुरमा पहिलाे संविधानकाे चुनावी समय (२७ चैत ०६४)मा बम बनाउँदै गर्दा विस्फोट भई घाइते भएका त्रिलोक प्रताप सिंहका बुवाले न्याय मिलेको प्रतिक्रिया दिएका छन् । घटनाकाे प्रमुख अभियुक्त पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद माेहमद आफताव आलमलाई जिल्ला अदालतले घटना भएकाे १२ वर्षपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै त्रिलाेकका बुवा श्रीनारायणले न्याय पाएकाे बताएका हुन् ।

बम विस्फाेटमा घाइते भएका त्रिलाेकसहित करिब दुई दर्जन घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर जलाएकाे अभियाेगमा आलमविरूद्ध जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै त्रिलाेकका बुवाले न्याय पाएकाे बताएका हुन् ।

'इँट्टाभट्टामा हालेर जिउँदै मारिएको छोरोबारे झुटो बोल्न लगाइयो,' अदालतमा परिसरमा उनले भने, 'न्याय पाएँ, अब बनारस गएर छोराको काज किरिया गर्छु ।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ