प्रधानमन्त्रीको निजी सचिवालय नयाँ को-को आए ?

2019-11-16

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालय पुनर्गठन भएको छ। केही दिन अघि सचिवालयका कर्मचारीले सामुहिक राजिनामा दिएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नियुक्ती गरेको हो।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीया र आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेरलाई नियुक्ति गर्ने निर्णय गरेको छ। बालुवाटार स्रोतका अनुसार थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट सल्लाहकार राजन भट्टराईले पनि राजिनामा दिएको हल्ला बाहिर आएको थियो। तर, प्रधानमन्त्रीको सचिवालयमा उनीहरु यथावत रहेका छन्।

प्रधानमन्त्रीको सचिवालयमा १६ जना रहेका छन्। उनीहरुमध्ये ६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ। प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र सचिवालयमा कार्यरत घनश्याम भट्टराई र उदय पोखरेलको राजिनामा स्विकृत भएको हो।

प्रधानमन्त्रीको सचिवालयमा रहेका आइटी विज्ञ अस्गर अली, स्वकीय सचिवहरु इन्द्र भण्डारी र राजेश बज्राचार्य, प्रेस विज्ञ रामशरण बजगाईं, स्वकीय सचिवहरु महेन्द्र श्रेष्ठ, होम थापा र दिपेन्द्र दाहाल भने सचिवालयमा निरन्तरता पाएको बालुवाटार स्रोतले जानकारी दियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ