उपनिर्वाचन : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

2019-11-13

काठमाडौं - मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ।

निर्वाचन आयोगले कात्तिक १ गते ‍समय तालिका सार्वजनिक गर्दै २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने बताएको थियो। आजै उम्मेदवारको सूची प्रकाशन गरिने तालिका छ। छ । बिहीबार उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।

उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न वितरण गरिने छ ।

स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिका (सुनसरी)मा मेयर, फाल्गुनन्द गाउँपालिका (संखुवासभा)मा अध्यक्ष, पिपरा गाउँपालिका (महोत्तरी) मा अध्यक्ष तथा खार्पुनाथ गाउँपालिका (हुम्ला) मा उपाध्यक्ष पदाका लागि निर्वाचन हुँदैछ। त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ