सीमा अतिक्रमणबारे भारतसँग वार्ताको तयारी भैरहेको छ : प्रधानमन्त्री

2019-11-12

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको विषयमा भारतसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे औपचारिक वार्ता अघि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको नेकपाको सचिवालय बैठकमा सोमबार जानकारी गराएका हुन् ।

सचिवालय बैठकमा भारतसँगको सीमा विवादबारे सरकारले गरिरहेको गृहकार्यबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले दुई देशको वार्तामा सरकारले लैजाने प्रस्तावको गृहकार्य भइरहेको जानकारी गराउनुभएको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आधिकारिक प्रमाणसहितको दस्ताबेज संकलनसँगै उचित कूटनीतिक संयन्त्रमा छलफल अघि बढाएर भारतसँग वार्ता गरिनेछ ।’

यसअघि प्रधानमन्त्रीले सरकारीनिवास बालुवाटारमा शनिबार सर्वपक्षीय बैठक डाकेर सीमा अतिक्रमणबारे छलफल गरेका थिए । सर्वपक्षीय बैठकमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रिय भावनाका आधारमा भारतसँग कूटनीतिक संवाद थाल्ने बताएका थिए । अघिल्लो साता भारतले सुदूरपश्चिमको सीमान्त भूमि कालापानीलाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

भारतको गृह मन्त्रालयले नेपाली भूमि कालापानीलाई आफ्नो सीमाभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यस सम्बन्धमा विज्ञप्ति जारी गरी कालापानी नेपाली भूमि रहेको र यसबारे भारतले गर्ने एकपक्षीय निर्णय मान्य नहुने स्पष्ट पारेको थियो ।

 


नयाँ पत्रिकाबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ