फैसलाको पूर्ण पाठ लेखनलाई चुस्त बनाउँदै सर्वोच्च

2019-11-12

काठमाडौं - पछिल्ला आठ महिनामा सर्वोच्च अदालतले अन्तिम फैसलाको पूर्ण पाठ लेखनमा उल्लेख्य फड्को मारेको छ। अब ११ सय मात्र पुराना फैसला मात्र लेख्न बाँकी देखिएको छ। यो आर्थिक वर्षमा भएका सरदर ७÷८ सय फैसला भने तयार हुन बाँकी छन्। सर्वोच्चको इजलास तथा पेसी व्यवस्थापन महाशाखाको रेकर्डले फैसला तयारीमा उल्लेख्य उपलब्धी हासिल गरेको जनाएको हो।

यस वर्ष भएका नयाँ र पुरानासमेत जोडेर पूर्ण फैसला तयार हुन अब करिब २ हजार बाँकी देखिएको छ। यसअघि सर्वोच्चमा नयाँ र पुराना गरी ४ हजारभन्दा बढी फैसला लेखिन बाँकी थियो। अघिल्लो वर्ष ०७४÷७५ मा पुराना २ हजार र नयाँ २ हजार फैसला लेखिन बाँकी थियो।

इजलास अधिकृतले पूर्ण फैसला तयार गरेर बुझाए पनि न्यायाधीशले ‘हेर्न नभ्याएको’ भन्दै हस्ताक्षर नभएर अड्किएका छन्। रेकर्डबाट अवकासप्राप्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, ओमप्रकाश मि श्र, कामु प्रधानन्यायाधीश रहेका दीपकराज जोशी र न्यायाधीश शारदाप्रसाद घिमिरेले गरेका केही थान फैसलाको पूर्ण पाठ आउन अझै बाँकी देखिएको छ।

न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाले छिटो फैसला लेखनलाई उच्च प्राथमिकतामा राखे पनि व्यावहारिक जटिलता देखिएको थियो। सर्वोच्चमा अघिल्लो वर्ष झन्डै ११ हजार अन्तिम फैसला भए पनि ७ हजार मात्र लेखिएको थियो। ‘व्यवस्थापकीय सुधारका कारण यस आर्थिक वर्षमा फैसला लेखनमा महत्वपूर्ण प्रगति देखियो,’ सर्वोच्चको इजलास तथा पेसी व्यवस्थापन महाशाखा प्रमुख भीमकुमार श्रेष्ठले भने, ‘प्रगति देखिनुमा जनशक्तिको उपलब्धता, प्रविधिको विकाससँगै सर्वोच्चका श्रीमानहरूको चासो र चिन्ताले पनि काम गरेको छ। फैसला लेखन प्राथमिकतामा परेको छ।’

०७४÷७५ मा भएका कुल फैसलामध्ये अब सरदर ४ सयको मात्र पूर्ण फैसला तयार हुन बाँकी रहेको श्रेष्ठले बताए। उनका अनुसार संख्या घटाउन हाल इजलास अधिकृतलाई पूर्ण जिम्मेवार बनाइएको छ। ‘अहिले फैसला लेखनलाई लिएर न्यायाधीश र कर्मचारी जनशक्तिबीच बाक्लो अन्तरसंवाद गरिएको छ। सफ्टवेयरको विकासले पनि मद्दत पुर्‍यायो।’

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले फैसला लेखनमा जटिल समस्या देखिएपछि सेवा अवधि सकिनुभन्दा एक महिना अघि बिदा बसेर फैसला लेखिसक्न न्यायाधीशहरूलाई निर्देशन दिएका थिए। सह-रजिस्ट्रारसमेत रहेका श्रेष्ठले सर्वोच्चसँगै उच्च र जिल्लामा पनि प्रगति देखिएको बताए। ‘केही दिनअघि गण्डकी प्रदेशको भ्रमणमा जिल्ला र उच्च अदालतले नयाँ मुद्दामा फैसला भएको २१ दिनभित्रै पूर्ण पाठ तयार गरेको जानकारी पाइएको छ। अन्यमा पनि सुधार हुँदै गएको विवरण प्राप्त भएको छ,’ उनले भने। तर उच्चमा करिब ७ हजार र जिल्लामा ५ हजार पुराना फैसलाको पूर्ण पाठ तयार हुन बाँकी छ।

पछिल्ला दिनमा सर्वोच्चका न्यायाधीश आफैं फैसला लेखनमा सक्रिय देखिएका छन्। अवकासको तरखरमा रहेका सर्वोच्चका न्यायाधीश केदार चालिसे एक महिना अघिदेखि बिदामा बसेर फैसला लेखिसक्ने तयारीमा छन्। उनले उमेर हदका कारण आगामी मंसिरदेखि अवकास पाउँदै छन्। ‘पूर्ण फैसला नसकेसम्म सर्वोच्चबाट नबाहिरिने उहाँको प्रतिबद्धता छ। उहाँ यतिबेला फैसला लेखनमा तल्लिन हुनुहुन्छ’, एक अधिकृतले भने।

नयाँ मुलुकी फौजदारी र देवानी संहिताले निर्णय सुनाएकै दिन फैसला लेखेर दिनुपर्ने व्यवस्था गरेको छ। सर्वोच्चमा एक जना इजलास अधिकृतले वार्षिक सरदर १ सय मात्र फैसला र २ सय ४१ वटा अन्य आदेश तयार गर्नुपर्ने जिम्मेवारी छ।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ