नेकपाको केन्द्रीय स्तरको एकीकरण सकियो, कसले कुन जिम्मेवारी पाए ?

2019-11-11

काठमाडौं - नेकपाको केन्द्रीय स्तरको एकीकरणको काम सम्पन्न भएको छ। सोमबार बसेको सचिवालय बैठकले यसअघि बाँकी रहेका केही आयोगहरुको नेतृत्व चयन गरेको हो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण हुँदा तीन महिनामा सम्पूर्ण सांगठनिक एकता सक्ने भनिएको थियो। तर, १७ महिनापछि त्यसले अन्तिम रुप पाएको छ।

पछिल्लो जिम्मेवारी यसअनुसार छ

अनुशासनको आयोगका अध्यक्ष– अमृत बोहरा। सचिव– अशोक रोकाय
निर्वाचन आयोगका अध्यक्ष– विष्णुपुकार श्रेष्ठ। सचिव– माधव पौडेल
लेखा परीक्षण आयोगका अध्यक्ष– पुष्प कँडेल। सचिव– टेकनाथ आचार्य
सल्लाहकार कमिटीका अध्यक्ष– केशव बडाल। सचिव– नन्दकुमार थापा
जेष्ठ कम्युनिस्ट मञ्च– नन्दकुमार प्रसाईं। सचिव– गोविन्द ज्ञवाली

नेकपाले प्रवास कमिटी भने नबनाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

'प्रवासका नेपालीहरुको सन्दर्भमा हामीले जिम्मेवारीहरुको बारेमा छलफल गरिरहेका छौं। प्रवासमा हाम्रो पार्टी कमिटी निर्माण नगर्ने निर्णय यसअघि नै गरिसकिएको छ। प्रवासमा हामी पार्टी कमिटी बनाउँदैनौं। तर प्रवासका नेपालीहरुको हक हितका निम्ति, नेपालको बारेमा जागरुक गराउने र नेपालको विकास प्रक्रियामा सामेल गराउनका निम्ति उहाँहरुसँग कसरी जोडिने भन्ने बारेमा छलफल गरेर हामी त्यसलाई पनि अन्तिम रुप दिँदैछौं', उनले भने, 'त्यसपछि सांगठनिक एकीकरणको काम पूरा हुन्छ।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ