गोविन्द केसीलाई शिक्षामन्त्रीको आग्रह : 'सिंगो देश कालापानीमा केन्द्रीत छ, अनसन छोड्नुस'

2019-11-11

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनशनमा छाड्न आग्रह गरेका छन्। शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनशन बस्न नहुने बताउँदै उनले डा केसीको अनशन असान्दर्भिक रहेको जनाए। उनले भने, ‘सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ। नयाँ बहश उठिरहेको छ। यस्तो बेला अनशन बस्नु उपयुक्त होइन।’

उनले डा केसीको शिक्षा मन्त्रालयसँग सम्बन्धित माग सम्बोधन भइरहेकाले अनशन आफ्नो मन्त्रालयसँग मात्रै नजोडिएको उल्लेख गरे। उनले भने, ‘उहाँकै मागअनुसार चिकित्सा शिक्षा ऐन बनेर लागू हुने क्रममा छ। लागू नभएको भए अनशन गर्न सुहाउँथ्यो।’ डा केसीका कतिपय माग अरु मन्त्रालयसँग जोडिएको उनले बताए।

उनको केसीकाे बिग्रदो स्वास्थ्य अवस्थाप्रति आफू सचेत रहेको उल्लेख गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग कुराकानी भएको बताए। उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था राम्रो छैन। यस विषयमा कुराकानी भएको छ।’

विभिन्न माग राखेर डा केसी केही दिनदेखि डडेलधुरामा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ