डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीको दवाव

2019-11-11

काठमाडौं - ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाब दिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए ।

किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटक अनशन बसेका केसीको सोमबार छैटौं दिन हो । चिकित्सकका अनुसार केसीको स्वास्थ्यअवस्था नाजुक भएको छ । केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने डडेलधुरा अस्पतालका निमित्त प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले बताए ।

डडेलधुरा अस्पतालले केसीको स्वास्थ्यअवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ। केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने अवस्था रहेको जानकारी सम्बन्धित निकायमा गराइएको डडेलधुरा अस्पतालले जनाएको छ । केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएको चिकित्सकले जनाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ