टुँडिखेलको अतिक्रमण रोक्न ‘अकुपाई टुँडिखेल’ अभियान सुरु

2019-11-09

काठमाडौं - अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरिएको छ । ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सर्वसाधारणहरु खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।

अभियानलाई साथ दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।

नागरिकस्तरबाट आयोजित यो अभियान तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाएर घेरिने छ ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ, तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको अभियन्ताहरुले जानकारी दिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको

आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान

दैलेखमा कोरोनाले थप एक जनाको मृत्यु, ७ पुग्यो संख्या

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.

संविधान संशोधनलाई लिएर जसपाभित्र विवाद

काठमाडौ - संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो। संविधान