बैतडीमा ट्याक्टर दुर्घटना, ८ जना घाइते

2019-11-09

बैतडी - बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। पाटन नगरपालिका–६ कद्वारनजिक खोलामा शनिबार बिहान ट्याक्टर दुर्घटनामा परेकाे हाे। दुर्घटनामा ८ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन्। घाइतेको परिचय खुल्न सकेको छैन्। पाटनबाट सडकमा काम गर्नका लागि मजदुर बोकेर हिडेंको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले जानकारी दि। दुर्घटनाको कारण खुल्न सकेको छैन्। ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ