कास्की २ मा चुनाव प्रचारका लागि कांग्रेसले बनायाे तीन हजार ५५१ सदस्यीय समिति

2019-11-09

पाेखरा - नेपाली कांग्रेस कास्कीले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ। निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा शुक्रबार आयोजित भेलाले पार्टीका जिल्ला सभापति कृष्ण केसी संयोजक रहेकाे समिति गठन गरेको हो।

त्यस्तै क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर समिति सभापति बजीरमान श्रेष्ठ सहसंयोजक रहेका छन्। पार्टीले यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। त्यस्तै निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गतपर्ने पोखरा महानगरपालिकाका ११ वटा वडामध्ये वडा नं ४ मा यज्ञबहादुर थापा, वडा नं ७ मा शुक्रराज शर्मा, ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण बिजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक तोकिएको छ।

त्यस्तै वडा नं १७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकिएको छ। भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ। विभिन्न उपसमितिमध्ये अर्थ संकलनमा ऋषि सापकोटा, अनुगमनमा राजेन्द्रनिधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवी परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहेका छन्। त्यस्तै उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ, भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, बुथ परिचालनमा विजयराज आचार्यलाई संयोजकको जिम्मेवारी दिएको छ।

भेलामा कास्की कांग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकले आ–आफ्नो क्षेत्रमा पुगी यथाशक्य काम थाल्न निर्देशन दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


एकलौटी ब्यपार खोल्ने निर्णय,प्रशासन र स्थानीय सरकार बेखबर

दिवाकर पोख्रेलदेउखुरी, जेठ १८ । लामो समय लकडाउनको कारण व्यपार व्यवसाय धरासायी हुन थालेको भन्दै दाङको देउखुरी उद्योग बाणिज्य संघले लमही बजार खुला गर्ने

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको

आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान

दैलेखमा कोरोनाले थप एक जनाको मृत्यु, ७ पुग्यो संख्या

दैलेख - दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.

संविधान संशोधनलाई लिएर जसपाभित्र विवाद

काठमाडौ - संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो। संविधान

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार

गुल्मीमा क्वारेन्टाइनबाट भागेर आत्महत्या

काठमाडौं - गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियार गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला