बझाङको सुरुङमा फसेमा ३ जनाको शव निकालियो, एक जना अझै भेटिएनन

2019-11-04

काठमाडौं - बझाङको कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीन जनाको शव प्रहरीले निकालेको छ। सुरुङमा फसेर हराइरहेका एक जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका-२ दाडिम दहबगरमा रहेको कालंगा जलविद्युतको निर्माणाधीन सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।

दैलेख जिल्लाका कर्णबहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी सुरुङमा बेपत्ता भएका थिए।

उनीहरु सुरुङभित्र काम गर्नको लागि गाडीसहित पसेका र काम गर्ने क्रममा एक्कासी गाडी स्टार्ट बन्द भएपछि काम गरिरहेका उनीहरुलाई अक्सिजन अभावका कारण मृत्यु भएको आशंका गरिएको छ।

उनीहरुको खोजीका लागि सुरुङभित्र प्राविधिक टिम पुगे पनि अक्सिजनको मात्रा एकदमै कम रहेको भन्दै फर्किएको थियो।

उनीहरुको खोजीका लागि हेलिकोप्टरमार्फत मेसिनसहित सशस्त्र प्रहरीको उद्धारटोली पुगेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ