नयाँ प्रदेश प्रमुखका नाममा नेता नेपालको 'नोट अफ डिसेन्ट'

2019-11-04

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेका नामप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति 'नोट अफ डिसेन्ट' जनाएका छन्।

नेता नेपालले सोमबार बसेको सचिवालय बैठकमा नेकपाले सिफारिस गरेका नामप्रति लिखित असहमति राखेका हुन्।

उनी निकट एक नेताका अनुसार पार्टीलाई साथ नदिएका व्यक्ति प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन्। कसैले मन पराउँदैमा पार्टीलाई अहिलेसम्म भोट समेत नदिएको व्यक्तिलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै उनले असहमति राखेका हुन्।

नेता नेपालले आफ्ना तर्फबाट अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त र श्रीमाया थकाली लगायतको नाम सिफारिस गरेका थिए। उनले सिफारिस गरेका कुनै पनि व्यक्तिलाई नेकपाले प्रदेश प्रमुख बनाएनन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ