सुकुटे दुर्घटना : तीन महिने शिशुसहित १७ जनाको मृत्यु, (४७ घाइतेको नामसहित)

2019-11-03

काठमाडौं - सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। आइतबार दिउँसो भएको सो बस दुर्घटनामा १७ जनाको मृत्यु भएको हो।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावत छन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो । सोही दुर्घटनामा परी घाइतेहरूको भएका धुलिखेलका अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको नामावलीसमेत खुलेको छ। घाइतेमध्ये ४५ जनाको उपचार धुलिखेलमा भइरहेको छ भने दुई जनालाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो।

बसमा ६० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ।

बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो।

घाइतेहरूको नामावली
१. निशा तमाङ
२. एकरानी कार्की
३. छत्रकुमारी थापा
४.अज्ञात ३५ वर्षिय महिला
६. सुनिल थापा
७. जिवन खड्का
८. समिर श्रेष्ठ
९. मिन कुमार श्रेष्ठ
१०. संगिता श्रेष्ठ
११. जेनिशा श्रेष्ठ
१२. सदिक्षा कार्की
१३. सुरेश तमाङ
१४. सहनशीला घिसिङ
१५. कौशिला कार्की
१६. प्रविन आलेमगर
१७. बबिता श्रेष्ठ
१८. कोपिला कार्की
१९. हरिमाया थापा
२०. सिमा कार्की
२१. युनिसा खड्का
२२. मनिका खड्का
२३. कमला मोक्तान
२४. डोल्मा तमाङ
२५. श्रीकृष्ण कार्की
२६.शिशिर तमाङ
२७. सुनिता तमाङ
२८. शसिता तमाङ
२९. युनिसा तमाङ
३०. रश्मी बस्नेत
३१. सविता थापा
३२. निरक श्रेष्ठ
३३. रविन मोक्तान
३४. निकेश श्रेष्ठ
३५. रञ्जना केसी
३६.सरिता तमाङ
३७. जितबहादुर खड्का
३८. नम नखुलेको रातो पहिरनकी महिला
३९. लोकबहादुर थापा
४०. रोमन तिमल्सिना
४१. विमला तमाङ
४२. दिपा घिसिङ
४३. रोमा घिसिङ
४४. सुजन तमाङ
४५. गोमा श्रेष्ठ
४६. परिचय नखुलेको
४७. सुकमान विक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ