सेनाको भर्ना छनोटमा आर्थिक लेनदेन : चार सैनिकसहित २७ जना पक्राउ

2019-10-23

काठमाडौं - नेपाली सेनाले गत साउनमा आह्वान गरेको सैन्य भर्नामा अनियमितता गरेको आरोपमा चार सैनिक र २३ गैरसैनिक व्यक्तिमाथि कानुनी कारबाही अघि बढाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार साउन १९ गते प्रकाशित विज्ञापनअनुसार ४० भर्नाकेन्द्रमा उक्त संख्यामा सैन्य पदको भर्ना छनौट हुँदा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएपछि २७ जनामाथि कारबाही अघि बढाइएको हो।

सेनाको भर्ना केन्द्र उत्तरपश्चिम पृतना हेडक्वार्टरमा सञ्चालन भएको भर्ना प्रक्रियामा नक्कली परिचयपत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं. ५ बाहिनी अड्डा कैलाली भर्नाकेन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई निगरानीमा राखी अनुसन्धान सुरु भएको सेनाले जनाएको छ। त्यस्तै सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान सुरु गरेको र अन्यको खोजी भइरहेको सेनाको भनाइ छ।

त्यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला तथा ५ नम्बर बाहिनी कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन गएका चार जना पक्राउ परेका छन्। उनीहरुको वास्तविक उम्मेदवारहरुको खोजी भइरहेको पनि सेनाले जनाएको छ। अन्य तीन भर्नाकेन्द्रमा चार जनालाई आर्थिक लेनदेनको आशंकामा पक्राउ गरिएको सेनाले जनाएको छ।

प्रधानसेनापति बनेपछि पूर्णचन्द्र थापाले भर्ना छनोट प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउने बताउँदै आएका छन्। सोहीअनुसार सेनाले गत वर्षदेखि नै सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक मेसिनको प्रयोग गरी उम्मेदवारहरुको प्रमाणीकरण गर्ने गर्दै आएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ