महरा प्रकरणमा रोशनीको अर्को नयाँ खुलासा

2019-10-21

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्।

एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य-तथ्य भएको दाबी गरेकी छन्। ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको घटनाका बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’ उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको दाबी गरेकी छन्।

‘मानसिक अवस्था बिग्रिएर १०० मा फोन गरेछु !’
शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १००मा फोन गरेको बताएकी छन्। ‘असोज १२ गते अकस्मात मेरो मानसिक अवस्था बिग्रन गई विक्षिप्त अवस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बोलाएकी रहेछु। प्रहरी आइसकेपछि उहाँहरु अर्थात् प्रहरीले सभामुख महराले हातपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो’, शाहीले भनिन्, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ। प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन। पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ।’

जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुसन्धान गर्न आइतबार प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले प्रहरीलाई दिएको तीन दिनको म्याद शुक्रबार सकिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ