2019-10-20 |
काठमाडौं - यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । प्रहरीको भ्यानमा राखेर उनलाई आइतबार मध्याह्न जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज जिल्ला अदालत काठमाडौँबाट फेरि म्याद थप्ने तयारी गरेको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य ठीक नभएको भन्दै उनले बयान दिन मानेका छैनन् ।
संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।
महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज १२ गते सार्वजनिक भएपछि त्यसको भोलिपल्ट महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् । यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...