आफ्ना अति आकर्षक नितम्बबाट वार्षिक १७ करोड कमाउने रोमानियाकी मोडल

2019-10-20

रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्।

प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ।

उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन्। हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन्।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन्। ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन। मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ। यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु।’

लाखौँ प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई देखिसहँदैनन्। कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन्। ‘तीमध्ये एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो,’ एन्ड्रिया भन्छिन्, ‘एक जनाले मलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए।’ ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ। तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ। त्यतिबेला तिम्रो शरीरबाट प्लास्टिकको गन्ध आउनेछ।’

तर, वर्षमा नितम्बबाट १७ करोड रुपैयाँ कमाउने एन्ड्रियालाई यस्ता सन्देशले केही फरक पर्नेवाला छैन।




थप समाचार


उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

एजेन्सी - एक यात्रुवहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमान स्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन ...

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

एजेन्सी - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोबोटहरूको लागि अन्तरिक्षमा होटल निर्माण गर्ने निर्णय गरेकाे छ। याे हाेटल रोबोटहरूका लागि मात्र हुनेछ। यो 'रोबोट होटेल'का नामले परिचित ...

भारतमा बिरामीकाे शरीरबाट ७.४ किलाेकाे मिर्गाैला निकालियाे

भारतमा बिरामीकाे शरीरबाट ७.४  किलाेकाे  मिर्गाैला निकालियाे

एजेन्सी - भारतकाे नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा युरोलोजी विभागका चिकित्सकहरूको टोलीले बिरामीको शरीरबाट ७.४ किलाेकाे मिर्गाैला निकालेका छन्। याे भारतमा बिरामीकाे शरीरबाट निकालिएकाे अहिलेसम्मकै ...





ट्रेन्डिङ