एमबिबिएस र बिडिएस अध्ययनको शुल्क बढाइयो

2019-10-19

काठमाडौँ - चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस अध्ययनको शुल्क वृद्धि गरेको छ । अब एमबिबिएस पढ्न विद्यार्थीले उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । त्यस्तै, बिडिएसतर्फ भने आयोगले उपत्यकाबाहिर र भित्र समान २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ शुल्क तोकेको छ ।

यसअघि शैक्षिक सत्र ०७५/७६ का लागि उपत्यकाभित्र एमबिबिएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । बिडिएसको शुल्क भने १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ थियो ।

यससँगै एमबिबिएस अध्ययन करिब दुई लाख रुपैयाँले महँगिएको छ भने बिडिएसका लागि विद्यार्थीले करिब एक लाख बढी तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष ०७५ को मुद्रास्फीति प्रतिवेदनका आधारमा नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ