बलिउड स्टार अमिताभ बच्चन अस्पताल भर्ना

2019-10-18

काठमाडौं - बलिउडका स्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्यामा देखिएपछि उनी तीन दिनदेखि मुम्बईको नानावटी अस्पतालमा उपचार गराइरहेका छन्। बलिउड हंगामाका अनुसार उनलाई कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको हो।

यसअघि सन् २०१२ मा अमिताभ १२ दिनका लागि अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको सर्जरी समेत भएको थियो।

त्यसपछि सन् १९८२ मा फिल्म ‘कूली’को सुटिङ दौरान उनलाई गम्भिर चोट लागेको थियो। परिस्थिती यस्तो थियो कि उनलाई चिकित्सकहरुले ‘क्लिनकल्ली डेड’ घोषित गरिसकेका थिए। दुर्घटनाका क्रममा उनको शरीरबाट निकै धेरै रगत बगेको थियो। त्यतिबेला उनलाई ६० बोतल रगत चढाउनुपरेको थियो।

तर खतरामुत्त भएपछि पनि उनी रोगमुत्त हुन सकेनन्। एक अन्तरवार्तामा अमिताभ स्वयम्ले हेपाटाइटिसको इन्फेक्सनका कारण आफ्नो ७५ प्रतिशत कलेजो खराब भएको बताएका थिए।

यद्यपी अमिताभले आफ्नो जीवनसँग हार खाएका छैनन्। आफ्नो अभिनय कर्ममा निरन्तर सक्रिय छन्। हाल उनी ‘कौन बनेगा करोडपति’ संचालन गरिरहेका छन्।

अहिले अस्पतालमा भर्ना भएपछि पनि अमिताभ सोसियल मिडियामा अपडेट हुन छाडेका छैनन्। उनी निरन्तर ट्विट गरिरहेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ