विमानस्थल तोडफोड गर्ने सांसद साधारण तारेखमा रिहा

2019-10-18

जनकपुर - जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई साधारण तारेखमा रिहा गरिएको छ।

जिल्ला अदालत धनुषामा आज भएको थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो। जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएका हुन्।

गत साेमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आराेपमा नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि 'गैरसैनिक हवाई उडान ऐन २०१५' अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ