गोप्य बैठक भइरहेको स्थानबाट विप्लबका २१ जना नेता-कार्यकर्ता पक्राउ

2019-10-17

लमही - दाङबाट २१ जना विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका - ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो । त्यहाँ बिप्लवको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै विप्लव नेता कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । ‘बैठक भइरहेको सुचनाका आधारमा जिल्लाबाट नै टोली पठाएर पक्राउ गरिएको छ ।’ उनले भने ‘केन्द्रिय स्तरका नेताहरु नै पक्राउ परेका छन। पक्राउ परेकाहरु बारे जानकारी संकलन गर्दैछौं । केही समयपछी उनीहरु बारे जानकारी दिनेछौं ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ