चिनियाँ राष्ट्रपति आउँदा तीनकुनेमा रोपिएका बिरुवा सुक्न थाले

2019-10-17

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि रातारात चिटिक्क पारिएको तीनकुने पार्क फेरि उजाड बन्न थालेको छ । माटोको डिल उठाएर रोपिएका बिरुवा सुक्न थालेका छन् । बिरुवा सुक्न थालेपछि सर्वसाधारणले भन्न थालेका छन्, ‘भिभिआइपी आउँदा टालटुल गर्ने र अरूवेला अलपत्र छोड्ने प्रवृत्ति पुनः दोहोरिने भयो ।’

हतारमा बनाउने र फुर्सदमा बिगार्ने प्रवृत्ति देखेर नागरिक हैरान छन् । ‘ठूला मान्छे आउँदा लाज छोप्न बनाइएको पार्क पुनः फोहोरघारीमा परिणत हुने त होला,’ तीनकुनेमा भेटिएका दीपेश कार्कीले भने ।

राष्ट्रपति सीको नेपाल भ्रमणका लागि राजधानी काठमाडौंलाई सुन्दर बनाउने क्रममा सबैभन्दा बढी चर्चा यही पार्कको थियो । काठमाडौं महानगरपालिका र सहरी योजना आयोगका पदाधिकारी एवं कर्मचारी दसैँको रमाइलो छोडेर यही पार्क बनाउन खटिएका थिए । उपत्यकाका तीनवटा नर्सरीबाट आवश्यक रुख, बिरुवा र घाँस ल्याएर रोपिएको थियो ।

अब के हुन्छ ?
काठमाडौं महानगरपालिकाले तीनकुनेपार्क अब फोहोरको थुप्रो र झारैझारले नभरिने दाबी गरेको छ । सहरी योजना आयोगले पार्कको डिजाइनसमेत तयार भइसकेको जनाएको छ । ‘पार्क बनाउने काम चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रातरात गरियो । तर,यसको डिजाइनबारे आयोगमा गत ६ महिना अघिदेखि नै छलफल भइरहेको थियो,’ आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने ।

उनका अनुसार हवाईमार्ग भई राजधानी छिर्नेबित्तिकै सबैले देख्ने पहिलो खुला ठाउँ भएकाले सुन्दर बनाउन डिजाइन तयार पारिएको हो । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणमा
त्यसलाई कार्यान्वयन गर्ने मौका मिल्यो,’ उनले भने ।

मुआब्जा विवाद कायमै
सरकारले तीनकुनेमा हरियालीयुक्त पार्क बनाउने योजना ०५९ मै ल्याएको थियो । तर, पटक–पटक चर्किएको मुआब्जा विवादका कारण अहिलेसम्म पार्क निर्माण हुन सकेको छैन । सो स्थानमा पर्ने २३ रोपनी जग्गा व्यक्तिगत नाममा दर्ता भएको र जग्गाधनीलाई प्रदान गरिने मुआब्जा विवादका कारण पार्क निर्माण कार्य रोकिएको छ । ४८ रोपनीमध्ये करिब २५ रोपनी जग्गा मात्रै सरकारी हो । बाँकी जग्गाका लागि मुआब्जा दिनुपर्ने महानगरपालिकाले जनाएको छ ।

तिहारलगत्तै जग्गाधनीसँग छलफल गरेर मुअब्जा वितरण गर्ने तयारी महानगरको छ । मुअब्जा विवाद टुंगो लाग्नेबित्तिकै पार्क बनाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । ‘हेर्दा सुन्दर र बस्दा आनन्द लाग्ने खुला पार्क नै यो ठाउँका लागि उपयुक्त हुन्छ,’ डिजाइन तयार गर्ने टोलीका सदस्य निलीमा थापा श्रेष्ठले बताइन् ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ