गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अन्तिम चरणमा

2019-10-15

काठमाडौं - भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ।

विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ।

सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो। सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।

सम्बन्धित छवि

विमानस्थलमा रनवे वे निर्माणको काम सकिसकेको छ भने प्रशासनिक भवन निर्माणको काम पनि लगभग सकिसकेको छ । टर्मिनल भवनको मुख्य संरचनाको काम पनि सकिएको छ। उनको अनुसार अहिले टर्मिन भवनमा मार्बल, टायल, सिसिटिभी, एक्स–रे मेसिन जडान लगायनको काम सुरु भएको छ।

योसँगै निर्माण कम्पनीले अहिले कार पार्किङ क्षेत्र बनाउने काम जारी छ। टर्मिनल भवनमा रहने ८/१० वटा मुख्य उपकरणमध्ये ब्यागेज ह्यान्डिलिङ र लिफ्टको कामबाहेक अन्य उपकरण जडानको काम सुरु भैसकेको छ ।

ब्यागेज बेल्ट र लिफ्टको सामान भने नआइपुग्दा काम सुरु हुन सकेको छैन । अबको एक महिनाभित्र बाँकी सामान आइपुगेको अवस्थामा डिसेम्बर भित्रमा जडान सम्पन्न हुने अधिकारी बताउँछन् ।

सम्रगमा विमानस्थलको भौतिक प्रगति ८२ प्रतिशतभन्दा बढी भएको छ।

बाँकी १७/१८ प्रतिशत काम भनेको उपकरण जडानको मात्र हो। यसमा ६ प्रतिशतको हाराहारीमा काम भइसकेको र सिभिल तर्फको ७ प्रतिशत काम बाँकी छ भने उपकरण जडान तर्फ करिब १२ प्रतिशत काम बाँकी रहेको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ