बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

2019-10-15

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका हुन् ।

बिहान ११ः४० मा उडान तालिका भए पनि दिउँसो १ः४० सम्म नआएपछि सांसद साह आक्रोशित भएका थिए । ‘विमान कम्पनीका कर्मचारीलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आक्रोश नियन्त्रण गर्न सकिनँ । आक्रोशमै हातले काउन्टरमा हिर्काएँ,’ साहले नयाँ पत्रिकासँग भने ।

बुद्ध एयरका जनकपुर प्रबन्धक विजय सिंहले भने प्राविधिक कारणले काठमाडौंबाट विमान आउन ढिला भएको जानकारी पटक–पटक यात्रुलाई गराए पनि सांसद साह एक्कासि तोडफोडमा उत्रिएको बताएका छन् । हुलहुज्जत गरेको आरोपमा उनलाई एयरलायन्सले उडाउन मानेको थिएन, प्रमुख जिल्ला अधिकारीको दबाबपछि उनलाई समेत लिएर जहाज १ः४५ मा काठमाडौंका लागि उडेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ