इक्वेडर बिरुद्ध अर्जेन्टिनाको ६ गोल

2019-10-14

काठमाडौं - मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ ले पराजित गरेको छ । यो खेलमा स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरो थिएनन् ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले एक गोल उपहार पाएको थियो । दोस्रो हाफमा अरु तीन गोल थप्दा भने एक गोल खायो ।

२० मिनेटमा लुकासले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा इक्वेडरका स्पिनोजाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको अग्रता दोब्बर भयो । ३२ औं मिनेटमा पनि पेनाल्टीबाट लिएनार्दोले अर्को एक गोल थपेपछि पहिलो हाफसम्म अर्जेन्टिना ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा इक्वेडरले एक गोल फर्कायो । ४९ औं मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि सान्त्वना गोल फर्काएका हुन् ।

त्यसपछि फेरि अर्जेन्टिनाले ६६ औं, ८२ औं र ८६ औं मिनेटमा तीन गोल थप्यो । यी गोलहरु क्रमशः जर्मन पिजेला, निकोलास र लुकासले गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ