दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली चेलीको हत्या

2019-10-14

बिराटनगर - दाइजो नल्याएकाे भन्दै नेपाल माइती भएकी युवतीको भारतीय सीमावर्ती बजार जोगबनीमा हत्या भएको छ । विवाहमा कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै विराटनगर महानगरपालिका–११ पिछरा माइती भएकी २२ वर्षीय रञ्जना सहनी (बहरदारं)को हत्या भएको हो ।

भारत अररिया जिल्लाको जोगवनीस्थित ३ किलोमिटर दक्षिण भवानी पुरस्थित ‘परमान’ खोलामा हातखुट्टा बाँधेर फालेको अवस्थामा रञ्जनाकाे शव फेला परेको जोगवनी प्रहरीले जनाएको छ । मृतकको अनुहार र शरीरमा चोट लागेकाले हत्या गरी खोलामा फालेको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

जोगवनी प्रहरीले हत्या आरोपमा सहनीका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखिया छन् ।

सहनीकाे गत फागुनमा जोगवनी भीम बहरदारसँग विवाह भएको थियो । बिहेपछि ससुरालीले कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै रञ्जनालाई कुटपिट गर्दै आएको माइती पक्षले बताएका छन् । रञ्जना आफ्नो घरबाट गत शुक्रबारदेखि हराएकी थिइन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ