नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

2019-10-13

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको हो ।

उनलाई यतिवेला जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

सांसद आलममाथि २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो ।

पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


अधिकांश विदेशी च्यानल बन्द, आइपिएल र इपिएल हेर्न नपाइने

काठमाडौं - शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ। विज्ञापन

दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइंदै महाष्टमी

काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन शुक्रबार महाकाली, महालक्ष्मी र

बाबुराम र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले

कर्णालीमा थप अन्योल : मुख्यमन्त्री शाहीलाई ओली र प्रचण्डको बेग्लाबेग्लै पत्र

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा उत्पन्न विवादको समाधान बिन्दु खोज्न असफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले

धरानमा कोरोनाबाट पाँच बर्षीया बालिकाको मृत्यु

काठमाडौँ - धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार साँझ ७ः५० मा उपचारका क्रममा सन्दरहरैचा मोरङकी