चीनियाँ राष्ट्रपतिले नभेटेकोमा बाबुरामको असन्तुष्टि

2019-10-13

काठमाडौं - चीनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण र राजनीतिक दलका नेताहरुको भेटमा मधेशवादी दल र आफ्नो दललाई नभेटेपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी दल नेपालका संयोजक बाबुराम भट्टराईले असन्तुष्टि पोखेका छन्।

सामाजिक सञ्जालमा टुईटरमा सरकारले ध्यान नपुर्‍याएको टिप्पणी गरेका छन्।

चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाइ भन्दै बाबुरामले भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान नपुर्या‍एको लेखेका छन्।

नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने उनको भनाई छ।

उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनु पर्ने भन्दै उनले अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्ने र भावनात्मक दूरी बढ्न सक्ने चेतावनी दिए।

उनले भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस भन्दै सुझाव समेत दिएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ